अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था नेपालमै मिलाउन प्रधानमन्त्रीको निर्देशन
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अर्ग्यानिक कृषि व्यवसायीहरुको छाता संगठन ‘अर्ग्यानिक एसोसियसन नेपाल’का पदाधिकारीसँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् ।
