SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

नेपाल माइक्रो इन्स्योरेन्सका फरार सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाण्डु–प्रहरीले नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका तत्कालीन सीईओ मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ । काठमाण्डुको सिफलबाट बिहीबार उनलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले जनाएको छ । सीआईबी प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले बीमा ऐन–२०७९ र धितोपत्र ऐन–२०६३ अन्तर्गत कारबाहीका लागि रिमाललाई पक्राउ गरिएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी