रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे मन्त्री लम्साल
काठमाण्डु– भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सहरी विकास मन्त्री सुनिल लम्लासले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेटेका छन् । लामिछाने भेट्न मन्त्री लम्साल बिहीबार उनको निवास बूढानीलकण्ठ पुगेका थिए । उनीहरुबीच करिब ४० मिनेट कुराकानी भएको श्रोतले जनाएको छ । उनीहरुबीच सरकार सञ्चालन लगायत विषयमा छलफल भएको थियो ।
