SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

हिमालय मोट्रक्स‌द्वारा विद्युतीय पिकअप ‘म्याक्सस इटेरोन–९ कम्फर्ट’  सार्वजनिक

काठमाडौँ । हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालिले म्याक्सस ब्रान्डको नयाँ विद्युतीय चार पाङ्ग्रे पिकअप ‘म्याक्सस इटेरोन–९ कम्फर्ट’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले पहिलो ५० जना ग्राहकका लागि यसको प्रारम्भिक बिक्री मूल्य ८८ लाख रुपैयाँ कायम गरेको जनाएको छ। कम्पनीका अनुसार नयाँ पिकअप व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनलाई लक्षित गरी बजारमा ल्याइएको हो।