अस्पतालको गेटमै बच्चा जन्माएकी बबिताकुमारी पासवानलाई शिक्षामन्त्रीले भेटे
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत निरीक्षण गरेका छन् । सप्तरीकी बविताकुमारी पासवानले अस्पतालको गेटमै प्रसूति गर्नुपरेको हालैको घटनाबारे जानकारी लिन मन्त्री पोखरेल अस्पताल पुगेका हुन् । उनले उपचाररत पासवानसँग भेट गरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिए ।
