सेना अस्पतालको आइसीयुमा बाढीपीडितकाे अन्तर्वार्ता लिएको प्रति काउन्सिलको ध्यानाकर्षण
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि उद्धार गरी सेना अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिई युट्युब च्यानलमार्फत सम्प्रेषण गरिएको सामग्रीप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।
