SHARE
मकालु खबर · सोमबार २९ भौ २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

तीज: बाढीको शोकले पशुपतिनाथमा छैन पहिलेका वर्षको जस्तो उत्साह 

काठमाडौं ।  तीजका अवसरमा आराध्यदेव भगवान् श्री पशुपतिनाथ मन्दिरमा  १० बजेपछि भक्तजनको चाप बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहान नौ बजेसम्म भक्तजन सीमित मात्रामा थिए । १० बजेपछि क्रमश: चाप बढेको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले राससलाई जानकारी दिए । बिहान आधा घण्टामै दर्शन गरेर फर्कन सकिने अवस्था थियो ।