कृषि मन्त्री चौधरी र जापानी राजदूत मायदाबीच भेटवार्ता
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपालको कृषि क्षेत्रको विकास, आधुनिकीकरण र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
