शिक्षामन्त्री पोखरेलविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै नारा लगाउने विद्यार्थी नेताहरु पक्राउ
काठमाण्डु– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्। त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा पुगेका मन्त्री पोखरेलविरुद्ध विद्यार्थीले नाराबाजी गरेका हुन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीले नेपोबेबी शिक्षामन्त्री, मेरिटोक्रेसी लागू गर जस्ता नारा लगाएका थिए ।
