कर अधिकृत पाल ५ लाख घुससहित रंगेहात पक्राउ
काठमाण्डु– आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रूपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । पाललाई अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बिहीबार कार्यालय परिसरमै रंगेहात नियन्त्रणमा लिएको हो। सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८र७९ को पूर्ण कर परीक्षण (फूल अडिट) गर्ने क्रममा अधिकृत पालले ५ लाख रुपैयाँ घुस मागेका थिए ।
