त्रिभुवन विमानस्थलबाट ८ किलो थाईल्यान्डको गाँजासहित २ महिला पक्राउ
काठमाण्डु– ८ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना भारतीय महिला पक्राउ परेका छन् । थाइल्यान्डको बैंककबाट थाई एयरको उडान नम्बर टीजी ३०९ मार्फत काठमाण्डु आएका भारत मणिपुरका २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली पक्राउ परेका हुन् ।
