SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

बाँदर हेर्ने जागिर, मासिक तलब १२ हजार ५०० रुपैयाँ

काठमाडाैं । डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदरको उपद्रोका कारण कृषि बाली जोगाउन हम्मे–हम्मे परिरहेका बेला ‘बाँदर हेरालु’ नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा बाली संरक्षण तथा बाँदर व्यवस्थापन गर्नका लागि दरखास्त खुलाएको हो । कार्यालयले तत्कालका लागि २० जनाको लागि दरखास्त आह्वान गरेको छ ।