SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

न्याय र पुनर्स्थापनाको माग गर्दै द्वन्द्वपीडित माइतीघरमा (तस्बिरहरू)

काठमाडौं। दश वर्षे सशस्त्र द्वन्द्वबाट प्रभावित द्वन्द्वपीडितहरूले सत्य, न्याय, र पुनर्स्थापनाको माग गर्दै बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। शान्ति सम्झौता भएको करिब दुई दशक बितिसक्दा पनि आफ्ना माग सम्बोधन नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा पीडितहरूले पीडितको अर्थपूर्ण सहभागिताबिनाको कुनै पनि संक्रमणकालीन न्याय प्रक्रिया स्वीकार्य नहुने बताए।