SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

चार लाख भारतीय रकमसहित एकजना पक्राउ

नेपालगञ्ज । प्रहरीले अवैध कारोबारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ । यहाँस्थित बसपार्कको न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई चार लाख भारतीय रुपैयाँसहित बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।