एक वर्षमा कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
सुदूरपश्चिम । कैलालीमा गत आर्थिक वर्ष २०८२/८३ मा एक हजार नौ सय २९ विभिन्न प्रकृतिका अपराधका घटना दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तीमध्ये सबैभन्दा बढी सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै हुने गरेका छन् । वार्षिक प्रगति विवरणअनुसार यहाँ सङ्गठित तथा आर्थिक अपराधका आठ सय छ मुद्दा छन् ।
