SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

ज्येष्ठ नागरिकको अधिकार प्रत्याभूतिका लागि छुट्टै संरचना आवश्यक: न्यायाधीश फुयाँल

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले ज्येष्ठ नागरिकको हेरचाह र अधिकार प्रत्याभूतिका लागि सरकारले अलग्गै संरचना बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । ज्येष्ठ नागरिकका विषयमा राजधानी काठमाडौँमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उनले कानुनी र संवैधानिक प्रावधान मात्र पर्याप्त नभएको बताए ।