अमेरिका–इरान द्वन्द्व उत्कर्षमा : हर्मुजदेखि लाल सागरसम्म तनाव, तेलकाे मूल्यमा उछाल
काठमाण्डु– अमेरिका र इरानबीच जारी युद्धले मध्यपूर्वमा तनाव झन् तीव्र बनाएको छ । पछिल्ला घटनाक्रममा अमेरिकी हवाई आक्रमण विस्तार हुनु, इरानको कडा प्रतिकार चेतावनी, हुथी विद्रोहीको समुद्री गतिविधि, कुवेतको हवाई सुरक्षा सक्रिय हुनु तथा तेलको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । अमेरिकी सेनाले लगातार १२औँ रात इरानी सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ ।
