नेकपाले कर्णालीका मुख्यमन्त्री कँडेल विरूद्धको अविश्वासको पक्षमा मतदान गर्ने
काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बिहीबार बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कँडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए ।
