मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
काठमाण्डु– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारिते ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु गरेको छ । धान रोपाइँको समयमा रसायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसको आधारमा बफर कोटाको युरिया र डिएपी रसायनिक मलको वितरण सुरु गरेको हो ।
