SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०४:३९ AM · 1 मिनेट पढाइ

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारिते ‘बफर’ कोटाको रासायनिक मल वितरण सुरु गरेको छ । धान रोपाइँको समयमा रासायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसको आधारमा बफर कोटाको युरिया र डिएपी रासायनिक मलको वितरण सुरु गरेको हो ।