अवैध चुनावी सर्वेक्षण प्रकरणः सोलका मेयरलाई जरिवाना, पद गुम्न सक्ने खतरा
एजेन्सी । दक्षिण कोरियाको राजधानी सोलका मेयर ओ से–हुनलाई राजनीतिक कोष ऐन उल्लंघन गरेको अभियोगमा अदालतले जरिवाना गर्ने फैसला सुनाएको छ । गैरकानूनी चुनावी सर्वेक्षणसँग जोडिएको यस मुद्दामा दोषी ठहर भएसँगै उनको मेयर पद धरापमा परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
