खाडी क्षेत्रमा जारी तनावप्रति पाकिस्तानी प्रधानमन्त्रीद्वारा संयम अपनाउन आग्रह
एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले खाडी क्षेत्रका द्वन्द्वरत पक्षहरूलाई संयम अपनाउन र यस क्षेत्रलाई थप अस्थिर बनाउने गतिविधिहरू नगर्न आग्रह गरेका छन् । इस्लामवादमा भ्रमणमा रहेका इरानी गृहमन्त्री एस्कन्दर मोमेनीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री शरीफले सो आग्रह गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
