त्रिविको ६७औँ वार्षिकोत्सवमा दीर्घसेवा पदक वितरण
काठमाण्डु – मुलुकको जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा विभिन्न प्राध्यापक तथा कर्मचारीलाई बुधबार दीर्घसेवा पदक वितरण गरिएको छ । कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति प्रा.डा. भेला थापाले पदक वितरण गरेका हुन् । विश्वविद्यालयमा २५ वर्षदेखि निरन्तर सेवा गर्ने शिक्षक कर्मचारीलाई सेवा अवधिमा एकपटक यस्तो पदक दिने गरिन्छ ।
