कोलकाता–विराटनगर रेल सेवाले उद्योगी र व्यापारी हर्षित
विराटनगर – विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम हुने विश्वास व्यक्त गरेका छन् । विश्वका अन्य देशबाट उद्योगका लागि आयात गरिने कच्चा पदार्थ लगायतका सामाग्री सडक मार्गको तुलनामा रेलमार्फत ल्याइँदा ढुवानी खर्चमा ३५–४० प्रतिशतसम्म बचत हुने उनीहरूको भनाइ छ ।
