कञ्चनपुर भन्सारमा लक्ष्यभन्दा १३% कम राजस्व संकलन
महेन्द्रनगर – कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले लक्ष्यअनुरूप वार्षिक राजस्व संकलन गर्न सकेन । गत आर्थिक वर्ष २०८२/०८३ मा ६९ करोड २ लाख ८६ हजार वार्षिक राजस्व संकलनको लक्ष्य लिएकोमा ६० करोड ९ लाख ६२ हजार राजस्व जम्मा भएको कञ्चनपुर भन्सार कार्यालयका सूचना अधिकृत चक्रदेव भट्टले जानकारी दिए ।
