शंकर ग्रूपका अध्यक्ष अग्रवाल पक्राउ, अदालतमा बुझाइने
काठमाण्डु – शंकर ग्रूपका अध्यक्ष तथा व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार उनलाई डिल्लीबजारबाट पक्राउ गरेको छ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका उनलाई अदालत बुझाउने प्रयोजनका लागि पक्राउ गरेर अदालत बुझाउने तयारी भइरहेको सीआईबी स्रोतले जनाएको छ ।
