नेप्से परिसूचक दोहोरो अंकले घट्यो
काठमाण्डु – धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अंकले घटेर २ हजार ७१२ दशमलव ५४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव १० अंकले घटेर ४७० दशमलव ३१ मा पुगेको छ ।
