मन्त्रिपरिषद् बैठक : आत्मदाह घटनामा छानबिन र मिटरब्याज सम्बन्धी फर्जी लिखत अवैध घोषणा
काठमाण्डु – सरकारले आत्मदाहबाट मृत्यु भएका गणेश नेपालीको घटना सम्बन्धमा न्यायिक छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको अध्यक्षमा न्यायिक छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
