एमालेले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लियो (पत्रसहित)
काठमाण्डु– नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले बुधबार सो प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो । साउन २० गते नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँको नेतृत्वमा गठन भएको सरकारलाई दिएको समर्थन २०८३ साउन ६ गतेदेखि लागू हुने गरी फिर्ता लिएको जानकारी गराएका हुन्।
