प्रधानमन्त्रीले हस्तकला महासंघका प्रतिनिधिहरुलाई छलफलमा बोलाए
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे छलफल हुने भएको हो। नेपालको हस्तकला, त्यसको विस्तार र प्रवद्र्धन गर्ने उद्येश्यले महासंघका प्रतिनिधिसँग छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
