सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई १० लाखका दरले जरिवाना
काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभागले सिर्सिया नदीमा फोहर फ्याक्ने ६ वटा उद्योगलाई १० लाखको दरले जरिवाना गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको अगुवाइमा सिर्सिया नदी दुर्गन्धित गर्ने उद्योग तथा कलकारखानालाई प्रदूषण नियन्त्रण गर्नका १ महिनाको समय सीमा दिइएको थियो ।
