गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशंकामा २ व्यक्ति पक्राउ
चितवन – चितवन राष्ट्रिय निकुञ्जबाट २ जना व्यक्ति पक्राउ परेका छन् । विश्वमा दुर्लभ, एकसिङ्गे गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशंकामा प्रहरीले खड्गनारायण चौधरी र टेकबहादुर मगरलाई पक्राउ गरेको हो । नवलपरासीको (बर्दघाट–सुस्तापूर्व) मध्यविन्दु नगरपालिका–१ सेतीपानीका ६८ वर्षीय खड्गनारायण चौधरी र चितवनको इच्छाकामना गाउँपालिका–५ फुर्केडाँडाका ५२ वर्षीय टेकबहादुर मगरलाई मंगलबार सार्वजनिक गरिएको हो ।
