SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

३ प्रतिशत कर फिर्ता गर्ने सरकारको निर्णयको गगन थापाद्वारा स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । सामाजिक सञ्जालमार्फत थापाले उक्त व्यवस्था सुरुदेखि नै अनुपयुक्त रहेको भन्दै आफूहरूले त्यसको विरोध गर्दै आएको बताएका छन् ।