SHARE
मकालु खबर · सोमबार २९ भौ २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीबाट मकवानपुरमा एक करोड ७२ लाख बढी राजस्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार १९२ सवारी चालकबाट रु एक करोड ७२ लाख ५४ हजार ५०४ राजस्व सङ्कलन गरेको छ ।