SHARE
मकालु खबर · सोमबार २९ भौ २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

गोकर्णेश्वरमा तीजको रौनक (तस्बिरहरू)

काठमाडौं । हिन्दु महिलाहरूको प्रमुख पर्व हरितालिका तीजका अवसरमा गोकर्णेश्वर महादेव मन्दिरमा बिहानैदेखि महिला भक्तजनको भीड लागेको छ । तीजको दिन रातो पहिरन र गरगहनामा सजिएका महिलाहरूले भगवान् शिवको पूजा–आराधना गर्दै सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याणको कामना गर्ने गर्दछन् ।