एनएमबि बैंकको नयाँ योजना: सातै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सार्वजनिक
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको हो । सातै प्रदेशका लागि सात वटा विशेष बचत खाता योजना सार्वजनिक गरेको एनएमबि बैंकले जानकारी दिएको छ ।
