चुनावमा भनेअनुसार बजेट नल्याएको झोकमा रास्वपा सांसदलाई पुल तर्न रोक
काठमाण्डु – चुनावका बेला भनेअनुसार निर्वाचन क्षेत्रमा बजेट नल्याएको झोकमा स्याङ्जाको क्षेत्र नम्बर १ का सांसद डा. धनन्जय रेग्मीलाई स्थानीयले पुल तर्न रोक लगाएका छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रेग्मीलाई स्थानीयले पुल छेकेर जान रोकेका हुन् । सांसद रेग्मीलाई रोकेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
