SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

कञ्चनपुर । शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाडीलाई आवातजावतमा निषेध गरिएको हो । आज बिहान नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतको निर्देशनमा रोक लगाइएको हो ।