रास्वपाद्वारा पार्टीका सांसदलाई भड्किलो व्यवहारमा अंकुश
काठमाण्डु–सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरुका भड्किलो व्यवहारमा अंकुश लगाउने भएको छ । महामन्त्री विपिनकुमार आचार्यले मंगलबार एक विज्ञप्ति जारी गर्दै सांसदहरुलाई जिल्ला भ्रमण र कार्यक्रममा भड्किलो व्यवहार नगर्न निर्देशन दिएका हुन् । सुशासनको राजनीतिक सन्देश प्रवाह हुने व्यवहार गर्न उनले सांसदहरुलाई निर्देशन दिए ।
