मान्छे विदेश निर्यात गरेर मात्र देश बन्दैनः प्रधानमन्त्री बालेन
काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मानिस विदेश निर्यात गरेर मात्रै देश नबन्ने बताएका छन् । मंगलबार तयारी पोशाक उद्योग संघका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले देश बनाउन ‘मानिस नभई मान्छेले उत्पादन गरेका सामग्री’ निर्यात गर्नुपर्ने बताए । भेटमा सहभागी संघका अध्यक्ष पशुपतिदेव पाण्डेले प्रधानमन्त्री शाहले तयारी पोशाकको निर्यातमा जोड दिएको बताए ।
