वर्षा रोकिएपछि गुल्जार बनेको फेवाताल (तस्बिरहरु)
काठमाडौं । केही दिनदेखिको अविरल वर्षा रोकिएपछि पोखराको लेकसाइड र फेवाताल किनारमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल ह्वात्तै बढेको छ । परम्परागत डुङ्गा सयरसँगै नवप्रवेशी साहसिक खेल ‘स्ट्यान्ड–अप प्याडल बोर्डिङ’ ले फेवाताललाई झनै गुलजार बनाएको छ । हप्ता दिन लामो वर्षाले थलिएको पर्यटकीय राजधानी पोखरामा बिहानैदेखि मौसम सफा भएको छ ।
