SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल

कर्णाली । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक पूर्वाधारको स्थलगत अनुगमन गरेर नेपालगन्ज फर्किएका छन् । जुम्लाबाट मुगु हुँदै सोमबार हुम्ला पुगेका मन्त्री लम्सालले कर्णालीका सडकलगायतका पूर्वाधारहरूको विकास अवस्था, निर्माण कार्यको प्रगति अध्ययन र सबै सरोकारवालाहरूको माग तथा सुझाव सङ्कलन गरेर आज नेपालगन्ज फर्किएका हुन् ।