डा पाण्डेको साधना स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियोः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा देवेन्द्रराज पाण्डेको निधनमा दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् । उनले आज पठाउनुभएको समवेदना सन्देशमास्व पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा रहेको उल्लेख गरेका छन् ।
