SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

निर्वाचन क्षेत्र जाँदा पार्टीसँग समन्वय गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रमा जाँदा पार्टी संयन्त्रसँग समन्वय गर्न निर्देशन दिएको छ। मंगलबार महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति जारी गर्दै सो निर्देशन जारी गरेका हुन् ।