SHARE
काठमाण्डुपाटी · मङगलबार ५ साउन २०८३ ०८:३३ AM · 1 मिनेट पढाइ

नुवाकोटमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो, ६ जना बढी घाइते

काठमाण्डु- नुवाकोट रोपाइँ गरिरहेका बेला पहिरोले खेत बगाएको छ। विदुर नगरपालिका–१२ भट्टगाउँमा स्थानीय नोमराज भट्टको खेतमा रोपाइँ गरिरहेका बेला सोमबार एक्कासि ठूलो पहिरो गएको हो। पहिरोमा परेर ६ जना घाइते भएका छन्। घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर रहेको छ। उनलाई जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको छ। भट्टको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी