कीर्तिपुरमा आगलागी भएको कार एक बैंकको नाममा दर्ता
काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा अकस्मात आगलागी भएपछि त्यसमा रहेका एक जना पुरुषको शव निकालिएको छ । स्थानीयका अनुसार बा ५ च ३०३८ नम्बरको कारमा अचानक आगलागी भएको थियो। आगो लागिरहेकै अवस्थामा प्रहरीले कारभित्रबाट एक पुरुषको शव निकालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
