ढोरपाटन आवातजावतमा सास्ती
गण्डकी । ढोरपाटनका स्थानीय तथा ढोरपाटन आउने पर्यटकले ढोरपाटन आवातजावतमा सास्ती भोग्नुपरेको छ । फल्लेघरदेखि देउरालीसम्मको तीन किमी सडक अस्तव्यस्त बनेकाले आवातजावतमा सास्ती व्यहोर्नुपरेको ढोरपाटन–९ का वडाध्यक्ष खिमबहादुर घर्तीले बताए । निर्माण कम्पनीले बर्खायाममा सडक विस्तारको काम सुरु गरेपछि समस्या निम्तिएको हो ।
