सरकारलाई रक्षा बमको चेतावनीः सच्चिनुस्, नत्र जनताले सच्याउँछन्
काठमाण्डु– जेनजी अभियानी रक्षा बमले सरकारलाई सच्चिन चेतावनी दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत बमले नसच्चिए जनताले सच्याउने चेतावनी दिएकी हुन् । नत्र जनताले बारम्बार सच्याएको उनको भनाइ छ । बमले सरकारले बजेटमार्फत शिक्षा, स्वास्थ्यदेखि मरेपछि आर्यघाट पुग्दासम्म कर लगाएको आरोप लगाइन् ।
