कीर्तिपुरमा आगो लागेकाे कारमा सिट बेल्ट बाँधेकै अवस्थामा मृत भेटिए चालक
काठमाण्डु– कीर्तिपुरमा गुडिरहेको कारमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। कीर्तीपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान बा५च ३०३८ नम्बरको कारमा आगलागी भएको हो । मंगलबार साढे ११ बजेको आसपासमा चोभारमा गुडीरहेको उक्त गाडीमा एक्कासी आगो लागेपछि प्रत्यक्षदर्शीले तत्कालै प्रहरी र ट्राफिकलाई खबर गरेका थिए ।
