तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दैछन् । आज ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल हुने भएको हो । बैठकमा संघका अध्यक्ष पशुपति देव पाण्डे, प्रथम उपाध्यक्ष वसन्त राज अधिकारी, महासचिव भिम कुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्रविधिक सल्लाहकार प्रकाश कुमार झा सहभागी हुदैछन् ।
